:

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको अधिवेशन सम्पन्न ,अध्यक्षमा सुर्य खड्का

top-news

अन्तर्राष्ट्रिय नेपाली समाज,पोर्चुगल राष्ट्रिय समितिले विशेष अधिवेशन सम्पन्न गरेको छ।

अधिवेशनले समाजसेवी तथा सामाजिक अभियान्ता सूर्य खड्काको नेतृत्वदमा त्रिपन्न सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । यसैगरी सुरज पौड्यालको नेतृत्वमा ७ जनाको सल्लाहकार समिति पनि गठन गरेको छ। कार्यसमितिको पहिलो वैठकले पोर्चुगलमा सक्रिय सम्पूर्ण संघसंस्थाका अध्यक्षहरूको पनि एउटा समिति हुने परिकल्पना गरेको छ ।

कार्य्रकम समाजका अध्यक्ष कमल खड्काको अध्यक्षता र केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो

कार्यक्रममा बोल्ने क्रममा गैर आवसिय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले एनआरएनए पोर्चुगलले गरेको कामको फेहरिस्त बताउदै भविष्यमा आफुले अन्तर्राष्ट्रिय नेपाली समाज रोज्ने बताए।

समाजका केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेले नेपाल र नेपालीको लागि छ ओटा महादेश र एक सय तेईस देशमा रहेर इन्सले विभिन्न क्षेत्रमा गरेको सहयोगको संक्षेपीकरण गरेका थिए ।



कार्यक्रममा आसिसि सदस्य द्वय राजकुमार थापा र बिनु बस्नेत, जनप्रगतिशील मञ्चका अध्यक्ष सीता ढकाल सुवेदी, जनसम्पर्क मञ्च पोर्चुगलका अध्यक्ष युवराज पन्थी, प्रवासी नेपाली मञ्चका अध्यक्ष दिपक खत्री, तमु समाजका अध्यक्ष मिलन गुरूङ, तामाङ समजका अध्यक्ष गोपाल योन्जनलगायत सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नवनिर्वाचित सल्लाहाकार हेम सुबेदीले सन्चालन गरेको कार्यक्रममा विभिन्न गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा उपस्थित पर्यवेक्षकका अनुसार यति धेरै सक्रिय युवा सहभागी भएर यस्तो शान्त, सौम्य, सालिन तथा सहमतिगरी पोर्चुगलमा समापन भएको यो पहिलो कार्यक्रम हो ।

पोर्चुगलको राजधानी लिस्बनमा रहेको हाम्रो चौतारी नामक रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *