:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

नेपाल पत्रकार महासंघ युरोप शाखाको माल्टा संवाद भब्यरुपमा सम्पन्न

top-news

युरोप/ नेपाल पत्रकार महासंघ युरोप शाखाले नियमित रुपमा संचालन गर्दै आएको संवाद कार्यक्रमको ९९ औं श्रृंखला माल्टामा सम्पन्न भएको छ ।

प्रवासी नेपालीले भोग्दै आएका समस्याका बारेमा सरोकारवाला निकायलाई समस्या समाधानमा जिम्मेवार बनाउँदै आएको नेपाल पत्रकार महासंघ युरोपको माल्टा विशेष ९९ औं श्रृंखला भर्चुअल मार्फत माल्टामा सम्पन्न भएको हो ।

माल्टा विशेष संवाद कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स), नेपाली जनसम्पर्क समिति माल्टाका सभापति हरिप्रकाश विश्वकर्मा, नेपाली जनप्रगतिशील मंच माल्टाका अध्यक्ष विनय बुढाथोकी र प्रवासी नेपाली सम्पर्क विभागका सभापति राजेन्द्र भण्डारीसंग नेपाल पत्रकार महासंघ युरोपको टोलीले संवाद गरेको थियो ।

नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, महासचिव शेरबहादुर परियार, कार्यसमिति सदस्य क्रमशः धनराज विक (अविरल(, अमृता राई, मुना सुनुवार र जनक बराल,द्रोण रिजाल ,भरत प्रधान लगायत सामुहिकरुपमा संवाद कार्यक्रमका अतिथिहरुलाई प्रश्न गरेका थिए भने वक्ताहरुले प्रश्नको रोचक तरिकाले जवाफ दिएका थिए ।

नेपाल पत्रकार महासंघ युरोपका महासचिव परियारले संवाद कार्यक्रमको संचालन गरेका थिए भने महासंघका अध्यक्ष राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संवाद कार्यक्रमका वक्ताहरुसंग संवादको सहजीकरण गरेका थिए । अध्यक्ष राईले सुरुमा एनआरएनए माल्टाका अध्यक्ष रेमलाल (खनाल) लाई माल्टामा प्रवासी नेपालीहरुको अवस्था कस्तो छ भनेर प्रश्न गरेका थिए ।

जवाफमा खनालले पछिल्लो समयमा माल्टा सरकारले लागू गरेको स्किल कार्डको नियमले नेपालीहरु समस्यामा परेको र दिनहुँ माल्टाबाट नेपालीहरु युरोपको अन्य देशमा जाने गरेको बताएका थिए ।

माल्टामा कुटनितिक नियोग नहुँदा रोजगारको सिलसिलामा माल्टामा आएका प्रवासी नेपालीहरुले धेरै समस्या भोग्ने गरेको बताउँदै समस्या समाधानमा माल्टा सरकारसंग समन्वय गर्ने काम एनआरएनएले गर्दै आएको खनालले बताए । प्रवासी नेपालीहरुका गुनासो एनआरएनए माल्टाले सुन्दै आएको र समस्या समाधानमा सकेको सहयोग गर्ने गरेको उनले बताएका थिए ।

नेपाली जनप्रगतिशील मंच माल्टाका अध्यक्ष बुढाथोकीले माल्टामा तत्काल अवसर भन्दा चुनौतीहरु धेरै देखिएकोले यसतर्फ रोजगारीको लागि माल्टा आउन चाहानेहरुले सचेत हुनुपर्ने बताएका थिए । भाषा र सीप नभएकाहरुले ठूलो रकम लगानी गरेर अहिले रोजगारीको लागि माल्टा नआउन समेत उनले आग्रह गरेका थिए । माल्टामा लागू भएको नयाँ नियमले समस्या उत्पन्न भएको र माल्टामा आएका नेपालीहरु पनि अहिले समस्यामा रहेको बुढाथोकीले बताए ।

कानूनी सहायता आवश्यक परेका नेपालीहरुलाई आफूले माल्टामा सहयोग गर्दै आएको भन्दै कसैलाई कानूनी सहयोग चाहिएमा आफू सहयोग गर्न तयार समेत रहेको उनले बताएका थिए । नेपालमा रोजगारीको सिर्जना गरी विदेश बाहिरिने युवाहरुलाई नेपाल सरकारले रोक्नुपर्ने धारणा समेत उनले राखेका थिए । नेपाल पत्रकार महासंघ युरोप शाखाले राम्रो कार्यक्रमको थालनी गरेकोमा बुढाथोकीले धन्यवाद समेत दिएका थिए ।

प्रवासी नेपाली सम्पर्क विभागका सभापति राजेन्द्र भण्डारीले माल्टामा पासपोर्ट राहदानी नवीकरण गर्न समस्या भएको भन्दै स्पेन गएर नवीकरण गर्दा ठूलो रकम खर्च हुने गरेको बताए । माल्टामा कोही नेपालीको अकालमा ज्यान गयो भने शवको व्यवस्थापन गर्न माल्टामा समस्या रहेको भन्दै नेपाल शव पठाउन धेरै खर्च लाग्ने समस्या भोग्नु परेको उनले बताए ।

अहिले माल्टा सरकारले सुरु गरेको स्किल कार्ड पास गर्न सके धेरै राम्रो सम्भावना पनि माल्टामा रहेको भण्डारीले बताए । तर नेपालीहरुमा भाषा र सीप नभएकै कारण समस्या देखिने गरेको उनी बताउँछन् । पत्रकारका कारण सबै सचेत भई जिम्मेवार बन्ने र समस्या समाधानमा सहयोग पुग्ने भएकोले नेपाल
पत्रकार महासंघ युरोप शाखाले नियमित रुपमा संचालन गर्दै आएको संवाद कार्यक्रमको भण्डारीले प्रशंसा गरेका थिए ।

नेपाली जनसम्पर्क समिति माल्टाका सभापति विश्वकर्माले प्रवासी नेपालीका समस्या समाधानमा सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए । पछिल्लो समयमा विदेशिने नेपालीको संख्या बढ्दै गएको र विदेशमा पनि काम नपाउने समस्या रहेकोले यसतर्फ सबैको समयमै ध्यान जानुपर्ने बताएका थिए ।

नेपाल सरकारले युवालाई स्वदेशमै सम्भावना देखाउँदै विदेश पलायन हुनबाट रोक्नु पर्ने बताएका थिए ।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *