:

मेयर बिमला राई र बेनेलक्स तथा युरोपियन युनियनका लागि राजदुतसंग महत्वपुर्ण भेटघाट सम्पन्न

top-news

हलेसी तुवाचुंग नगरपालिकाका नगर प्रमुख बिमला राई र बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग) तथा युरोपियन युनियनका लागि राजदुत महामहिम गेहेन्द्र राजभण्डारीसंग  महत्वपुर्ण भेटघाट सम्पन्न भएको छ।

यसै हप्ता नेपाली दुतावासको कार्यालय ब्रसेल्समा  महामहिम राजदुतको कार्यकक्षमा सो भेटवार्ता सम्पन्न भएको थियो।

मेयर बिमला राईले ब्रसेल्स र बेनेलक्स तथा सिंगो युरोपमा नेपालीहरुको बसोबासको अबस्था  उनीहरूका समस्या र समाधानका उपाया साथै  बिबिध पक्षका बारेमा राजदुत राजभण्डारीसंग जिज्ञासा राख्नु भएको थियो।

हलेसी तुवाचुंग नगरपालिका र ब्रसेल्स वरपरका नगरपालिकासंग भगिनी सम्बन्धका बारेमा समेत कुरा राख्नु भएको थियो।

डेनिस सोसियल डेमोक्रेटिक पार्टी - Danish Social Democratic Party को औपचारिक निमन्त्रणामा डेनमार्क आउनु भएको मेयर राई डेनमार्क ज्ञान निर्माण तथा प्रविधि नवप्रवर्तनमा धेरै अगाडी रहेको त्यहाको काउन्सिल सदस्य इभासंग पनि यस अघि बार्ता गर्नु भएको थियो।

यहि सन्दर्भमा डेनमार्कको Technological ecosystem बुझ्न र नेपालमा सम्भावित Tप्कोरबिधि आदान प्रदानको  सम्भाव्यता बुझ्न डेनमार्क प्रबिधि Danish Technological Institute (DTI)  Innovation Director, Anne Maria Hansen संग समेत छलफल र अन्तरकृया पश्चात गर्नु भएको थियो।

सप्ताहव्यापी भ्रमणको क्रममा    Danish Social Democratic Party को निमन्त्रणामा Denmark आएका मेयर राईले  उक्त पार्टीका महामन्त्री (Secretary General) लासे रिबर्गा  Lasse Ryberg संग उक्त पार्टीकै संसदिय दलको कार्यालय, संसद हाउस कोपेनहेगनमा महत्वपुर्ण भेटघाट गर्नु भएको  थियो । उहाँलाई  पार्टीको सिद्धान्त, विचार, व्यवस्था तथा नीति निर्माण प्रकृयाका वारेमा जानकारी  समेत  गराउनु भएको थियो।

युरोप भ्रमणको क्रममा हलेसी तुवाचुंग नगरपालिकाका मेयर बिमला राई ,नेपाल बिद्यार्थी संघ केन्द्रीय सदस्य बिकल राई लगायत नेपालको  प्रतिनिधि मण्डलले डेनमार्क , नेदरल्याण्ड , युरोपको राजधानीको रुपमा परिचित  ब्रसेल्स बेल्जियम ,जर्मनी र फ्रान्सको विभिन्न शहरहरूको भ्रमण र अबलोकन गर्नु भएको थियो।

कोपेनहेगनमा भएको अन्तरकृयाका क्रममा नेपालको पृष्ठभुमि र सन्दर्भ संगै जोडेर नयाँ युगका वल्दो समस्याहरु, climate change तथा populism संग कसरी तपाईको पार्टीले tackle गर्दैछ भन्ने बारे  नेविसंघ केन्द्रीय सदस्य बिकल राईले रोचक  छलफल समेत गर्नु  भएको थियो।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *