तमु समाज पोर्चुगलको आयोजनामा चर्चित गायक लामा र गायिका दुलालले पोर्चुगल तताउने
- नमुना नेपाल
- 15 Aug, 2024
नेपालका ख्यातिप्राप्त कलाकार द्वोय लोकदोहोरी गायक मिलन लामा र गायिका सुनिता दुलालले पोर्चुगल तताउने भएका छन्।
पोर्चुगलको स्थापित सस्था तमु समाज पोर्चुगलको आयोजनामा हुन लागेको तिज विशेष कार्यक्रममा गायक-गायीकाले पोर्चुगलबासी नेपालीहरुलाई छम-छमी नचाउने छन्।
सो कार्यक्रम अगस्ट २४ तारीख शनिबार राधाकृष्ण मन्दिर हलमा हुने अध्यक्ष मिलन गुरुङले जानकारी दिए।उक्त कार्यक्रममा पोर्चुगलका क्रीयासील स्थानीय कलाकारहरुले पनि बेजोड प्रस्तुति रहने समाजले जनाएको छ।
कार्यक्रमका लागि प्रवेश शुल्क १० युरो तोकिएको समाजका महासचिव गनि गुरुङले बताए।
कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न कुनै कसर बाकी नराख्ने महासचिव गुरुङको प्रतिवद्धता समेत व्यक्त गरे।
समाजले उपस्थितिका लागि पोर्चुगलमा क्रीयासील संघ सस्था,ब्यबसायी,सामाजिक अगुवा,पत्रकार लगायत सम्पूर्ण नेपालीहरुलाई विशेष अनुरोध पनि गरेको छ।
Leave a Reply
Your email address will not be published. Required fields are marked *