मोना पोर्चुगलको आयोजनामा खेलाडी सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रम हुने
- नमुना नेपाल
- 15 Aug, 2024
पोर्चुगलको सक्रिय सस्था मध्ये एक सस्था हो म्याग्दी प्रवासी नेपाली संघ रास्ट्रिय कार्यकारी समिति (मोना)।
मोनाले यही अगस्ट तारिख आइतबार मोना कप २०२४ मा बिजयी खेलाडीलाई सम्मान गर्ने जनाएको छ ।
सोही अवसरमा सुप्रसिद्ध कलाकार द्वोय कुमार पुन र देबी गर्बुजाले विशेष प्रस्तुति दिनेछन्।चर्चित गायक -गायिकाले सो दिन बेलाबिस्ता पार्कमा उपस्थित नेपालीहरुलाई छमी-छमी नचाउने छन्।
सो कार्यक्रममा सालैजु भाका,मौलिक भाका लगायत अन्य लोकदोहोरी गीतले कार्यक्रम थप रोचक बन्ने समाजका अध्यक्ष नर फगामी मगरले बताए।
समाजले पोर्चुगलमा क्रियासिल संघ-सस्था,सामाजिक अभियान्ता,व्यबसायी,पत्रकार एवं सम्पूर्ण नेपालीहरुलाई उपस्थिति जनाई कार्यक्रम उत्साहजनक बनाउन विशेष अपिल समेत गरेको छ।
Leave a Reply
Your email address will not be published. Required fields are marked *