ठकुरी समाज पोर्चुगलले राष्ट्रिय कलाकारको साथमा तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने
- नमुना नेपाल
- 22 Aug, 2024
ठकुरी समाज पोर्चुगलले राष्ट्रिय कलाकारको साथमा तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर सो कार्यक्रम गर्न लागिएको हो। कार्यक्रम अगस्ट २५ तारिख आइतबार पोर्चुगलको चर्चित ठाँउ बेलाभिस्ता पार्कमा हुने समाजले जनाएको छ।
उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार सन्तु थापा,फणीन्द्र ठकुरी र अनु गुरुङले विशेष प्रस्तुती दिनेछन्।गायक तथा गायीकहरुको गीतमा उपस्थित नेपालीहरुले छमछ्मी नाचेर मनोरञ्जन लिने विश्वास लिइएको छ।
सो कार्यक्रमलाई भब्य र सभ्य बनाउन तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष सज्जन हमाल ठकुरीले जानकारी दिए।
हेरौं :सामाजिक संजालबाट समाजका अध्यक्ष हमालले गरेको आग्रह
Leave a Reply
Your email address will not be published. Required fields are marked *