गुल्मीको चर्चित ठाँउ आँपचौर मिमियाफाँटमा बृहत तिज विशेष सास्कृतिक कार्यक्रम हुने
- नमुना नेपाल
- 29 Aug, 2024
गुल्मीको चर्चित ठाउँ मुसिकोट नगरपालिका अन्तर्गत पर्ने आँपचौर मिमियाफाँटमा बृहत तीज विशेष कार्यक्रम हुने भएको छ।
कोटेश्वर युवा क्लब मिमियाफाँट भाद्र १४ गते सो कार्यक्रम गर्न लागेको हो।विशेषगरि सो दिन तीजका मौलिक भाका सहितको प्रतियोगिता ,नृत्य लगायतका सास्कृतिक कार्यक्रम राखिएको क्लबका अध्यक्ष उमेश खरेलले बताए।
क्लबले विभिन्न क्लव,आमा समुह ,विद्यालय ,संघ-सस्थालाई प्रतियोगितामा भाग लिन अनुरोध गरेको छ।
खासगरी हराउँदै गएको मौलिकता ,परम्परा ,तीजको मर्यादा ,पर्वको महत्वलाई यथोचित रुपमा सम्बर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको क्लबका सक्रिय युवा महेश खरेलले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुनेले नगद रु १५ हजार नगद सहित प्रमाण पत्र पाउने छन् भने दित्तिय हुने समुहले १० हजार नगद सहित प्रमाण पत्र पाउने छन्।त्यसैगरी तृतीय हुने टीमले ७ हजार ५ सय नगद सहित प्रमाणपत्र पाउने छन्। त्यसैगरी अन्य विधामा पनि पुरस्कार राखिएको क्लबले उल्लेख गरेको छ।
हेरौ क्लबको अनुरोध यस्तो छ:
Leave a Reply
Your email address will not be published. Required fields are marked *