:

क्रीसमसको अवसरमा नवलपुर समाज पोर्चुगलले पन्चे बाजा सहित विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने

top-news

नवलपुर समाज पोर्चुगलले क्रीसमसको अवसरमा पन्चे बाजा सहित  विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।

नेपाली भेषभुसा,कला,संस्कृतिलाई प्रदेशमा  निरंतरता दिने, उत्थान गर्ने र मनोरञ्जन पनि लिने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको समाजका महासचिव अनन्त तिवारीले जानकारी दिए।

डिसेम्बर  २५ तारिख ,सोमबार  लिस्वनको बेलाबिस्ता पार्कमा BBQ पार्टी सहितको  कार्यक्रम राखिएको समाजका अध्यक्ष प्रेम बुढा प्रीतिले नमूना नेपाललाई बताए।सो अवसरमा नेपाली दाजुभाइ, दिदिबहिनि एवं समस्त नेपालीहरु उपस्थिति भएर मनोरंजन लिन समाजले एक सूचना मार्फत विशेष आग्रह समेत गरेको छ।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *