:

त्रीशुली नदीमा खसेको बस र बेपत्ता यात्रुको खोजी कार्य जारी,आफन्त भेटिने आशामा त्रीशुलीको किनारमा

top-news

राजेश घिमिरे ,सिमसार ताल :त्रिशूली नदीमा शुक्रबार बिहान खसेको बस र त्यसमा सवार यात्रुहरूको खोजी जारी छ। 

बिहान ८ बजेपछि शनिबारको खोजीकार्य सुरू भएको थियो।

खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गोताखोर परिचालन गरिएका छन्।

सशस्त्रले गोताखोरसँगै वाटर ड्रोन, सोनार क्यामेरा र पाइपलाइन इन्सपेक्सन सिस्टम प्रयोग गरी बेपत्ताहरूको खोजी गरिरहेको छ। सोनार क्यामेराले पानीभित्रको वस्तुहरू हेर्न सहयोग पुर्‍याउँछ।

शनिबार त्रिशूलीमा पानीको वहाब पनि कम भएको छ। यद्यपि, गोताखोरले पानीभित्र १५ मिटर पसेर हेर्दा पनि केही भेटिएको छैन।

त्रिशूलीमा खोजी कार्य चलिरहँदा सडक किनारमा बेपत्ता भएकाहरूका आफन्त भेटिने आशामा बसिरहेका छन्।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *