:

नवनियुक्त प्रधानमन्त्री ओलीको यस्तो छ मन्त्रीपरिषद

top-news

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको २२ सदस्यीय सरकारमा  १० जना नयाँ सांसदले मौका पाएका छन्। 


प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये १० जना पहिलोपटक मन्त्री बनेका हुन्। ११ जना पुराना छन्। कांग्रेसबाट आरजु राणा देउवा, तेजुलाल चौधरी, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलोपटक मन्त्री बनेका छन।

राणा परराष्ट्र, चौधरी युवा तथा खेलकुद, पौडेल स्वास्थ्य तथा जनसंख्या, पाण्डे पर्यटन, अधिकारी कृषि र शाही वन तथा वातावरण मन्त्री बनेका छन्।


एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता गरी चार जनालाई पहिलोपटक मन्त्री बनाएको छ। दाहाल भौतिक पूर्वाधार तथा यातायात, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्।


प्रधानमन्त्री ओलीले नियुक्त गरेका अन्य मन्त्रीहरू भने अनुभवी छन्। प्रकाशमान सिंह,विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रमेश लेखक, दीपक खड्का, अजय चौरसिया,शरतसिंह भण्डारी,नवलकिशोर साह सुडी, प्रदीप यादव, बलराम अधिकारी र दामोदर भण्डारी पहिले पनि मन्त्री बनेका अनुभवी छन्।


https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *