:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

रास्वपाको गुनासो :समय माग्दा पनि प्रधानमन्त्रीले भेट्ने समय दिनुभएन

top-news

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नेताहरुलाई भेट्न समय नदिएको र खिसीट्यूरी गरेको गुनासो गरेको छ। 

आइतबार आयोजित पत्रकार सम्मेलनमा रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि हुने दोस्रो चरणको आन्दोलनको मागपत्र बुझाउन पनि प्रधानमन्त्रीले समय नदिएको बताए। 

प्रधानमन्त्रीको सचिवालयले भेट्न समय मिलाउने आश्वासन दिइरहेको तर प्रधानमन्त्रीकै अरुची देखिएको कार्यबाहक प्रवक्ता झाले बताए । ‘हामी आउँछौं भन्ने कुराको खिसिट्युरी गर्नुभयो, तर समय दिनुभएन’, उनले भने।



पाँच दिन प्रयास गर्दा पनि प्रधानमन्त्रीले समय नदिएको झाले गुनासो गरे । ‘५ दिन प्रयास गर्‍यौं, कुनै कार्यक्रममा भाषण गर्ने क्रममा ज्ञापन लिएर आउँछन् होला फोटो खिचेर पठाउँला भनेर खिसिट्युरी गर्नुभयो, ५ मिनेट मात्र समय दिनुस् भनेर ५ दिनदेखि अनुरोध गर्दा पनि बेवास्ता गर्नुभयो’, उनले भने।

 सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सकिने पर्याप्त आधार र कारण हुँदाहुँदै हिरासतभित्र राखिनु राजनीतिक प्रतिशोध भएको उनले बताए।

रास्वपाले आफ्ना सभापति लामिछानेको पक्राउ, सरकारको कामकारबाही, मुलुकको अर्थतन्त्रलगायतका विषय उठाएर ८ मंसिरदेखि आन्दोलन घोषणा गरेको छ।



उनले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि सरकारले राजनीतिक प्रतिशोधकै कारण एक पछि अर्को मुद्दामा अनुसन्धान गर्ने भनेर हिरासत अवधि लम्ब्याइरहेको बताए।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *