:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

युवा साहित्यकार एन बी अन्जानले यसरी गरे एकल साझ सम्पन्न

top-news

युवा साहित्यकार एन.बी. अन्जानको “एकल अन्जान साँझ” गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा दर्जनौं साहित्यकार, श्रोता तथा सञ्चारकर्मीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पत्रकारीता तथा लेखन क्षेत्रका प्रबुद्ध व्यक्तित्व तारा बरालको विशेष उपस्थिति रहेको थियो । कवि प्रज्ज्वल अधिकारीको संयोजन तथा गोधूलि साहित्य प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रमको सञ्चालन तथा सहजीकरण गजलकार बाबु त्रिपाठीले गर्नुभएको थियो । गायनमा राज सागरले अन्जानलाई साथ दिनुभएको थियो ।

लामो समयदेखि लेखन तथा साहित्य क्षेत्रका विविध विधामा कलम चलाउँदै आउनुभएका अन्जानले आफ्नो गजल वाचन गरिरहँदा हलमा ‘वान्स् मोर’ गुञ्जिएको थियो ।

अन्जानले ‘मरुभूमि साहित्य यात्रा’ गजलसंग्रह, ‘आहुति’ गजलसंग्रह, ‘मौसम’ गजलसङ्ग्रह, ‘आधा इन्च’ हाइकु, ‘कोपिला’ नेपाली भाषाको पहिलो रुबाई महाकाव्य जस्ता पुस्तकहरू लेख्नुभएको छ ।

कार्यक्रमको अवसरमा अन्जानलाई गोधूलि साहित्य सम्मानले सम्मानित समेत गरिएको थियो ।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *