:

गुल्मी समाज पोर्चुगलको त्यो विशेष कार्यक्रम ,जसले प्रवासबाटै नेपाली संस्कृती,सभ्यता र नेपालीत्त्व झल्कायो

top-news

८ अप्रिल सोमबार, लिस्बन । गुल्मी समाज पोर्चुगलले भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान गरेको छ । गुल्मी जिल्लाका उत्कृष्ट पर्यटकीय गन्तव्यको तस्बिरसहित भित्तेपात्रो प्रकाशन गरिएको हो।

लिस्बनमा ७ अप्रिल आइतबार आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले भित्तेपात्रो तिथि र मिति मात्र नभई सभ्यता र संस्कृति झल्काउने माध्यम भएको बताएका थिए।

कागज मात्र नभई भित्तेपात्रोको जीवन्त महत्व रहेको वक्ताहरुको भनाइ थियो । पोर्चुगलमा रहेका दोस्रो पुस्तालाई संस्कृति र सभ्यता सिकाउन भित्तेपात्रोले समेत सहयोग पुग्ने वक्ताहरुको भनाइ थियो।

कार्यक्रममा बोल्दै पोर्चुगलका लागि अवैतानिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले आफू जन्मेको क्षेत्रको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो। एकता, सद्भाव र भाइचाराको भावबाट हातेमालो गर्दै पोर्चुगलमा देखिएका समस्या समाधान गर्न सबै जुट्नुपर्ने उहाँको भनाइ थियो ।

पोर्चुगलका लागि नवनियुक्त पर्यटन प्रवर्द्धक रमेशराज बाँस्तोलाले गुल्मी जिल्लाको पर्यटन क्षेत्र समेटिएको भित्तेपात्रोले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । पछिल्लो समयमा नेपाल भ्रमणका क्रममा २७ जिल्ला भ्रमण गर्ने क्रममा २२ जिल्लाका सरकारी उच्च तहमा गुल्मीकै कर्मचारीको बाहुल्यता देखिएको उहाँको भनाइ थियो।

गुल्मी समाज पोर्चुगलका संस्थापक अध्यक्ष युवराज पन्थीले गुल्मी समाजले पोर्चुगलमा रहेका नेपालीलाई सहजीकरण गर्न कसर बाँकी नराख्ने बताउनुभयो।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य राजकुमार थापाले भित्तेपात्रोको छुट्टै महत्व र गरिमा रहेको बताउनुभयो । "भित्तेपात्रोले तिथिमितिमा मात्र होइन, देशलाई प्रवासमा नेपालको संस्कृति र पहिचानमा टेवा पुग्छ, आफ्नो सभ्यता र नेपाली माटो सगको सम्बन्ध जीवन्त बनाउँछ" थापाले भन्नुभयो,‘यसले दोस्रो पुस्तालाई नेपालसंग जोड्न सहज हुन्छ ।’

प्रवासी नेपाली मंचका अध्यक्ष राजाराम लामिछाने, नेपाली जनसम्पर्क समितिका उपसभापति राम सापकोटा, जनप्रगतिशील मंचका अध्यक्ष सीता ढकाल, जनप्रगतिशील मोर्चाका महासचिव प्रदीप अधिकारी र नेपाली समाजका टेकबहादुर थापा लगायतका वैचारिक संस्थाका प्रतिनिधिहरुले जमाना डिजिटलको भए पनि प्रकाशनका माध्यमबाट देशको संस्कृति जोगाउनुपर्ने बताउनु भएको थियो  ।

गुल्मी समाजका कावा अध्यक्ष प्रकाश पाण्डेले भित्तेपात्रो भित्तामा झुण्डयाउन मात्र नभई यसको छुट्टै महत्व र गरिमा भएको बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष दिपा काफ्ले, गुल्मी समाजकी सल्लाहकार  तथा एनआरएनए पोर्चुगल उपाध्यक्ष माया खरेल, संघकै महिला संयोजक सरिता शर्मा,  नेप्लिज वुन एसोसिएसन पोर्चुगलका संस्थापक अध्यक्ष निर्मला ढकाल, नेपाल पत्रकार महासंघ यूरोप शाखा सचिव कलस खरेल, गुल्मी सामाजिक व्यक्तित्व  विष्णु खरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व समाजका कावा अध्यक्ष प्रकाश पाण्डे, सञ्चालन महासचिव गोविन्द कँडेलले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत महिला उपाध्यक्ष लक्ष्मी पन्थीले गर्नुभएको थियो।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *