:

प्रवासी नेपाली मंच डेनमार्कको अधिवेशन सम्पन्न ,अध्यक्षमा कार्की ,उपाध्यक्षमा रिजाल

top-news

प्रवासी नेपाली मंच डेनमार्कको छैटौं राष्ट्रिय अधिवेशन कोपेनहेगनमा शनिबार सम्पन्न भएको छ। 

अधिवेशनले अध्यक्षमा रोबिन कार्की, उपाध्यक्षमा अमृत रिजाल, सचिवमा शैलेन्द्र राई, उपसचिव दीपा शर्मा र भुपेन्द्र सुवेदी तथा सदस्यहरुमा सुरेश पुन, मनोज न्यौपाने, भास्कर खनाल, गोकर्ण घिमिरे, किरण दीप, सुसन बराल सहितको नयाँ  कार्यसमिति निर्वाचित गरेको छ।

अधिवेशनमा प्रमुख अतिथिको रूपमा प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा, विशेष अतिथिमा अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, अन्तर्राष्ट्रिय कमिटीका सदस्य एवं युरोप इन्चार्ज भक्त वाग्ले, गैरआवासीय नेपाली संघ आइसीसीका उपाध्यक्ष रामशरण सिंखडा, प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटीका सदस्य एवं डेनमार्क इन्चार्ज सुरेन्द्र थपलिया,अन्तर्राष्ट्रिय कमिटीका सदस्य तथा पोर्चुगल इन्चार्ज सन्तोष भट्टराई,युरोप महादेश कमिटीका उपसंयोजक चन्द्रकान्त आचार्य, प्रवासी नेपाली मंच डेनमार्कका संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष कमल शर्मा, डेनमार्कस्थित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले उद्घाटन समारोहमा अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

अधिवेशन नरेन्द्र बस्नेतको अध्यक्षता र शैलेन्द्र राइको संचालनमा सम्पन्न भएको थियोे।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *