:

पोर्चुगलमा १५ देशको सहभागितामा बृहत मौलिक कला -संस्कृति प्रदर्शनी हुने

top-news

युरोपियन राष्ट्र पोर्चुगलमा १५ देशको सहभागितामा बृहत्  मौलिक कला -संस्कृति प्रदर्शनी हुने भएको छ।

फेस्टिभल अल २०२४ को सह-आयोजनामा  सेप्टेम्बर १५ तारिख आइतबार नेपाल सहित १५ देश सम्मिलित सो भब्य कला प्रदर्शनी हुन लागेको हो।

पोर्चुगलको लिस्वनमा हुने उक्त कार्यक्रममा सहभागी राष्ट्रहरुले परम्परा ,संस्कृति,मौलिकतालाई विशेष जोड दिइने बताइएको छ।

दिउँसो ३ बजेदेखि सुरु हुने सो कार्यक्रम रुवा माक्स सिल्भाबाट  मार्चपास गर्दै अल्मेदा पार्कमा गएर विविध सांस्कृतिक कार्यक्रम गरि सम्पन्न हुने कार्यक्रमका अभियान्ता टेकबहादुर थापाले जानकारी दिए।

सो अवसरमा नेपालको पन्चेबाजा,परम्परागत पहिरन,मौलिकता दर्शाउने नृत्यको प्रस्तुति रहने बताइएको छ।

नेपालको तर्फबाट नेपाल जनजाती महासंघले कार्यक्रममा सहभागिता जनाउने छ।

सो भब्य  कार्यक्रममा पोर्चुगलमा सक्रिय सम्पूर्ण  नेपालीहरुलाई सहभागिता जनाउन नेपाल आदिवासी जनजाती महासंघ पोर्चुगलले अपिल समेत  गरेको छ।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *