:

पोर्चुगलका रास्ट्रपतिले ग्रहण गरे नेपाल -पोर्चुगल दर्पण नामक स्मारिका,रास्ट्रपतिद्वारा उच्च मुल्यांकन

top-news



लिस्बन ।  गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सौसासंग आज उहाँकै निवास बेलेम प्यालेस लिस्बनमा नेपाल लगायत विभिन्न देशका आप्रवासी प्रतिनिधिहरुले आइतबार भेटवार्ता गरेका छन् ।

केही महिना अघि पोर्चुगल सरकारले परिवर्तन गरेको आप्रवासी सम्बन्धी कडा नीतिनियम र प्रक्रियाहरुले उत्पन्न समस्या र 
परेको कठिनाइका बारेमा राष्ट्रपति मार्सेलोसंग आप्रवासी प्रतिनिधिहरुले आफ्नो समस्या र गुनासो राखेका थिए ।

पोर्चुगलको नेपाली समुदायको प्रतिनिधित्व गर्दै राष्ट्रपति निवास बेलेम पुगेका एआरएनए आइसीसी सदस्य राजकुमार थापाले आफ्नो समुदायको सवाल र चासोहरु राष्ट्रपतिलाई अवगत गराएका थिए ।

नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष समेत रहेका थापाले, "पोर्चुगलमा रहेका नेपालीहरुको रेजिडेन्सी कार्ड बन्ने प्रक्रियामा भएको कठिनाइ, पारिवारिक पुनर्मिलनका लागि भोग्नु परेको समस्या र ढिलाइ, काम गर्ने स्थान र कम्पनीमा हुने अनेकौं असमानता, विभिन्न कानुनी र कागजातहरु बनाउन परेको कठिनाइका बारेमा आफुले राष्ट्रपतिलाई जानकारी गराउँदै समस्या समाधानमा पहल गरिदिन आग्रह गरेको  र राष्ट्रपतिले आफुले राखेको कुराहरु ध्यानपूर्वक सुनेर जिज्ञासाको जवाफ समेत दिएको" थापाले बताए ।

 उक्त अवसरमा थापाले आफैं सम्पादक रहेको, गैरआवासीय नेपाली संघ पोर्चुगलले प्रकाशित गरेको तर सार्वजनिक गरिनसकेको "नेपाल-पोर्चुगल दर्पण स्मारिका-२०२४" पहिलो प्रति पुस्तक राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए । उक्त पुस्तकमा राष्ट्रपतिले हस्ताक्षर गर्दा नेपाल पोर्चुगलको साँस्कृतिक, सामाजिक सम्बन्धका बारेमा राम्रो स्मारिका निकालेकोमा धन्यवाद दिंदै राष्ट्रपतिले आफुलाई नेपाली खाना समेत असाध्यै मनपर्ने बताउनु भएको, थापाले जानकारी दिए ।

आप्रवासीका लागि एक्यवद्धता एसोसिएसनका अध्यक्ष टिमोटियो म्यासेडोको नेतृत्वमा आप्रवासी सोलिडारिटी, ओल्हो भिभो, नेपाल, केप भर्डे, गिनी, बंगलादेश र ब्राजिलका आप्रवासीहरूका प्रतिनिधिहरु संलग्न सात सदस्यीय प्रतिनिधि मण्डलले पोर्चुगलमा सक्रिय ५१ वटा आप्रवासी संघ-संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेको ज्ञापन पत्र समेत राष्ट्रपति मार्सेलो समक्ष बुझाएको थियो ।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *