शेर्पा किदुक पोर्चुगलको अधिवेशन भब्यरुपमा सम्पन्न ,राजेन्द्र शेर्पाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन
![top-news](https://namunanepal.com/public/uploads/images/newsimages/maannewsimage18122023_215149_received_1343282033734758.jpeg)
- नमुना नेपाल
- 18 Dec, 2023
आज पोर्चुगलको राजधानी लिस्बन सम्पन्न अधिवेशनले अध्यक्ष राजेन्द्र शेर्पा, वरिष्ठ उपाध्यक्षमा डेन्डी शेर्पा, उपाध्यक्षमा पासाङ्ग शेर्पा, महासचिव पेमा शेर्पा कोषाध्यक्षमा निमदिकी शेर्पा र सहकोषाध्यक्षमा पशी शेर्पा लगायत १७ कार्यसमिति सर्वसम्मतिले निर्वाचित भएको निर्वाचन समितिका संयोजक धनराज शेर्पाले जानकारी दिए।
किदुकको अधिवेशनको उद्घाटन प्रमुख अतिथि धर्म गुरु खेम्पो न्वाङ्ग पेम्बा लामाले गरेका थिए। विशेष अतिथिमा विश्व शेर्पा संघका सदस्य धनराज शेर्पा,गैर आवासीय नेपाली संघ पोर्चुगलका निवर्तमान अध्यक्ष सोमपुरी शेर्पा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका उपाध्यक्ष बौद्ध प्रसाद गुरुङको उपस्थिति रहेको थियो।त्यसैगरि विभिन्न जातीय मातृसंस्थाका प्रतिनिधिहरुले पनि अतिथिको रूपमा शुभकामना मन्तव्य दिएका थिए।
निमा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव लाक्पा छोटी शेर्पाले गर्नुभएको थियो।
Leave a Reply
Your email address will not be published. Required fields are marked *