अग्रज पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ।
पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो। त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
पत्रकार पाठकले केही दिनअघि काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको विषयमा आफ्नो युट्युब च्यानल ’टफ टक एक्सप्लेनर’ मार्फत सामग्री प्रसारण गरेका थिए।
सो सामाग्रीमा चित्त नबुझेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो। प्रहरीले पक्राउ पुर्जी लिएलगत्तै पत्रकार पाठकको खोजी गरिरहेको छ।
