एसईईको नतिजा आज सार्वजनिक हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे सार्वजनिक हुने भएको छ । 
 परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । 

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

Share
Scroll to Top