रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको आज बसेको बैठकले उपचुनावको मिति तोकेकोकार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
मनाङको हकमा सर्बोच्च अदालतको फैसला आयोगमा आइ नसकेकाले रुपन्देहीको निर्णयमा समेट्न नमिलेको उनले जानकारी दिए।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा यहाँबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरा निर्वाचित भएका थिए। गत चैत १९ गते उनको काठमाडौँको ओम अस्पतालमा उपचारको क्रममा निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
