जेन जी पुस्ताको आन्दोलनमा प्रहरीको अन्धाधुन्ध गोली,मृतकको संख्या बढ्न सक्ने,धेरै घाइते

जेन जी पुस्ताको आन्दोलनम प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा अहिलेसम्म १६ जनाको मृत्यु भएको छ। सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्य भएसँगै मृतकको संख्या १६ पुगेको हो ।

उपत्यकाका विभिन्न अस्पतालमा १५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । ट्रमा सेन्टरमा ७, सिभिल अस्पतालमा ४, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । तर कम्तीमा ४ सय जना घाईते भएको बताइएको छ।

Share
Scroll to Top