युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

राष्ट्रपति जेलेन्स्कीले यस भेटमा सुरक्षा तथा आर्थिक सम्झौताका विषयमा छलफल हुने र ‘क्षेत्रीय मुद्दा’ उठाइने जानकारी दिएका छन्। पूर्वी युक्रेनको डोनबास क्षेत्रको भविष्यलाई लिएर मस्को र किएभबीच गहिरो मतभेद रहँदै आएको छ। भेटघाटअघिका दिनमा रुसले किएभमाथि मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीमाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत ‘युक्रेन यो युद्ध रोक्नका लागि जे पनि गर्न तयार छ, तर वार्ताको टेबलमा बलियो हुनुपर्छ’ भनेका छन्। उनले युक्रेन शान्ति चाहन्छ तर रुसले युद्ध जारी राख्ने सङ्केत गरिरहेको आरोप लगाए। युरोप र अमेरिका युक्रेनको पक्षमा उभिए संयुक्त रूपमा युद्ध रोक्न सकिने उनको भनाइ छ।

यसैबीच, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग नोभा स्कोटियामा भएको भेटमा राष्ट्रपति जेलेन्स्कीले रुसमाथि दबाब र युक्रेनलाई बलियो समर्थन नै शान्तिको कडी भएको बताए।

प्रधानमन्त्री कार्नीले युक्रेनको पुनर्निर्माणका लागि दुई अर्ब ५० करोड क्यानेडियन डलर थप सहयोगको घोषणा गरेका छन्। उनले किएभमाथिको रुसी आक्रमणको निन्दा गर्दै राष्ट्रपति ट्रम्प र जेलेन्स्कीलाई ‘न्यायपूर्ण र स्थायी शान्ति’ का लागि महत्त्वपूर्ण क्षण सिर्जना गरेको श्रेय दिए।

हालैका हप्तामा अमेरिकी वार्ताकारहरूले अघि सारेको शान्ति प्रयासमा उल्लेख्य प्रगति भएको दुवै पक्षले जनाएका छन्। राष्ट्रपति जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति प्रस्तावको मस्यौदा लगभग ९० प्रतिशत तयार भइसकेको छ। यस क्रममा अमेरिकाले नाटोका अन्य सदस्यलाई जस्तै युक्रेनलाई पनि केही सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ। युक्रेनले यस्ता ग्यारेन्टी पाए भविष्यमा नाटो सदस्यता खोज्ने प्रयास त्याग्न तयार रहेको सङ्केत राष्ट्रपति जेलेन्स्कीले दिए।

क्रिसमसको दिन राष्ट्रपति जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग पनि छलफल गरेका थिए। उनले संवेदनशील विषयमा अझै काम बाँकी रहेको र आगामी हप्ता निर्णायक हुनसक्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको ठूलो समय युक्रेन युद्ध अन्त्यका प्रयासमा खर्च गर्दै आएका छन्। सन् २०२४ को चुनाव अभियानका क्रममा एक दिनमै युद्ध अन्त्य गर्ने दाबी गरेका उनले पछिल्लो समय यो प्रक्रिया जटिल रहेको स्वीकार गरेका छन्। अक्टोबरमा ह्वाइट हाउसमा राष्ट्रपति जेलेन्स्कीलाई स्वागत गर्दा उनले दुवै पक्षलाई लडाइँ रोक्न आग्रह गर्दै हालको युद्धरेखामा रोक्नुपर्ने सङ्केत दिएका थिए।

आइतबारको भेटअघि राष्ट्रपति जेलेन्स्कीले अझै नसुल्झेका मुख्य विषयमा क्षेत्रीय प्रश्न, जापोरिजिया आणविक ऊर्जा केन्द्र र युद्धपछिको पुनर्निर्माण कोष रहेको बताउनुभएको छ। सुरक्षा ग्यारेन्टी र अनुगमन संयन्त्रसम्बन्धी प्राविधिक विषयहरू पनि छलफलको केन्द्रमा रहनेछन्।

रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार भेटवार्ताका लागि स्वागत गर्ने भएका छन्। दुवै नेताले फ्लोरिडाको पाम बीचस्थित राष्ट्रपति ट्रम्पको निजी क्लब मार–ए–लागोमा भेट्नुहुनेछ, जहाँ राष्ट्रपति ट्रम्प हाल छुट्टी मनाइरहेका छन्।

राष्ट्रपति जेलेन्स्कीले यस भेटमा सुरक्षा तथा आर्थिक सम्झौताका विषयमा छलफल हुने र ‘क्षेत्रीय मुद्दा’ उठाइने जानकारी दिएका छन्। पूर्वी युक्रेनको डोनबास क्षेत्रको भविष्यलाई लिएर मस्को र किएभबीच गहिरो मतभेद रहँदै आएको छ। भेटघाटअघिका दिनमा रुसले किएभमाथि मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीमाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत ‘युक्रेन यो युद्ध रोक्नका लागि जे पनि गर्न तयार छ, तर वार्ताको टेबलमा बलियो हुनुपर्छ’ भनेका छन्। उनले युक्रेन शान्ति चाहन्छ तर रुसले युद्ध जारी राख्ने सङ्केत गरिरहेको आरोप लगाए। युरोप र अमेरिका युक्रेनको पक्षमा उभिए संयुक्त रूपमा युद्ध रोक्न सकिने उनको भनाइ छ।

यसैबीच, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग नोभा स्कोटियामा भएको भेटमा राष्ट्रपति जेलेन्स्कीले रुसमाथि दबाब र युक्रेनलाई बलियो समर्थन नै शान्तिको कडी भएको बताए।

प्रधानमन्त्री कार्नीले युक्रेनको पुनर्निर्माणका लागि दुई अर्ब ५० करोड क्यानेडियन डलर थप सहयोगको घोषणा गरेका छन्। उनले किएभमाथिको रुसी आक्रमणको निन्दा गर्दै राष्ट्रपति ट्रम्प र जेलेन्स्कीलाई ‘न्यायपूर्ण र स्थायी शान्ति’ का लागि महत्त्वपूर्ण क्षण सिर्जना गरेको श्रेय दिए।

हालैका हप्तामा अमेरिकी वार्ताकारहरूले अघि सारेको शान्ति प्रयासमा उल्लेख्य प्रगति भएको दुवै पक्षले जनाएका छन्। राष्ट्रपति जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति प्रस्तावको मस्यौदा लगभग ९० प्रतिशत तयार भइसकेको छ। यस क्रममा अमेरिकाले नाटोका अन्य सदस्यलाई जस्तै युक्रेनलाई पनि केही सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ। युक्रेनले यस्ता ग्यारेन्टी पाए भविष्यमा नाटो सदस्यता खोज्ने प्रयास त्याग्न तयार रहेको सङ्केत राष्ट्रपति जेलेन्स्कीले दिए।

क्रिसमसको दिन राष्ट्रपति जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग पनि छलफल गरेका थिए। उनले संवेदनशील विषयमा अझै काम बाँकी रहेको र आगामी हप्ता निर्णायक हुनसक्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको ठूलो समय युक्रेन युद्ध अन्त्यका प्रयासमा खर्च गर्दै आएका छन्। सन् २०२४ को चुनाव अभियानका क्रममा एक दिनमै युद्ध अन्त्य गर्ने दाबी गरेका उनले पछिल्लो समय यो प्रक्रिया जटिल रहेको स्वीकार गरेका छन्। अक्टोबरमा ह्वाइट हाउसमा राष्ट्रपति जेलेन्स्कीलाई स्वागत गर्दा उनले दुवै पक्षलाई लडाइँ रोक्न आग्रह गर्दै हालको युद्धरेखामा रोक्नुपर्ने सङ्केत दिएका थिए।

आइतबारको भेटअघि राष्ट्रपति जेलेन्स्कीले अझै नसुल्झेका मुख्य विषयमा क्षेत्रीय प्रश्न, जापोरिजिया आणविक ऊर्जा केन्द्र र युद्धपछिको पुनर्निर्माण कोष रहेको बताउनुभएको छ। सुरक्षा ग्यारेन्टी र अनुगमन संयन्त्रसम्बन्धी प्राविधिक विषयहरू पनि छलफलको केन्द्रमा रहनेछन्।

Share
Scroll to Top