कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थप्न प्रस्ताव

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप गर्न प्रस्ताव गरिएको छ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवहाक सभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद थप गर्न प्रस्ताव गरेका हुन्।

यसअघि केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थपिएको थियो। बैठकमा कार्यवहाक सभापति खड्काले पार्टीको १५ औँ महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव गरेका छन्।

Share
Scroll to Top