श्रम संस्कृति पार्टीको पोर्चुगल शाखा गठन,अध्यक्षमा विकास आले सर्वसम्मत चयन

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको पोर्चुगल शाखा गठन भएको छ।

विकास आलेको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति गठन भएको हो।हिजो आइतबार गठित कार्यसमितिको उपाध्यक्षहरुमा सुधा गुरुङ,सुरज भण्डारी र पेम्बा शेर्पा सर्वसम्मत निर्वाचित भएका भएका छन्।

त्यस्तै सचिवमा कृष्ण राई र सह-सचिवमा रुक्मा मगर चयन भएका छन्।त्यसैगरी कोषाध्यक्षमा सविन वानिया चयन भएका छन् भने प्रवक्तामा सिघाहा गरमुर्जा चयन भएका छन्।

पोर्चुगलमा शाखा बिस्तार भएसँगै अन्य देशमा पनि शाखा बिस्तार हुने सो पार्टीले जनाएको छ।

Share
Scroll to Top