सर्वोच्च अदालदतमा गगन थापा पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध रिट निवेदन दिएको कांग्रेसको शेरबहादुर देउवा समूहले माघ ६ गते हुने उम्मेदवारी रोक्न माग गरेको छ।
माघ २ गते आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिँदै निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने निर्णय गरेको थियो। उक्त निर्णय बदर गर्न माग गर्दै देउवा समूहले सर्वोच्चमा रिट निवेदन दिएको छ। रिटमा माघ ६ गते हुने मनोनयन सार्न माग गरिएको छ।
रिटमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने आयोगको निर्णय बदर गर्न माग गरिएको छ। देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको वारेसका रुपमा श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटका निर्वाचन आयोग, सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र सिंगो कार्यसमितिलाई विपक्षी बनाएको छ।
देउवा समूहले दिएको रिट निवेदनमाथि ६ गते नै प्रारम्भिक सुनुवाइ हुने गरी पेशी तोकेको छ। सोमबार सार्वजनिक बिदा भएकाले मंगलबारका लागि पेशी तोकिएको हो। खड्काले आइतबार नै पेशी तोकेर सुनुवाइ गरिदिन आग्रह गरे पनि सर्वोेच्चले नियमावलीले नमिल्ने भन्दै अस्वीका गरेको थियो।
यसैबीच देउवा समूहले ६ गतेको उम्मेदवारी सार्न आयोग समक्ष पनि निवेदन दिने भएको छ। नेताहरू निवेदन दिन आयोग पुगेका छन्।
