देउवा कार्यसमितिका मुख्य सचिवले दिए राजीनामा

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।राष्ट्रियसभा सदस्यसमेत रहेका उनले राजीनामा दिएका हुन्।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पौडेलल मुख्यसचिव पदबाट राजीनामा दिएका हुन्।

पूर्वसभापति शेरबहादुर देउवाको मुख्यसचिवका रुपमा कायम गरेका पौडेलले नयाँ नेतृत्व आएसँग जिम्मेवारी छाडेका हुन्।

सभापति थापा नेतृत्वको कार्यसमितिको बैठक पहिलो पटक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।

थापाले बैठकको सूचना अरु नै व्यक्तिमार्फत सार्वजनिक गरेपछि पौडेलले औपचारिक रुपमा पद छाडेका हुन्।

Share
Scroll to Top