आगामी शैक्षिक सत्रदेखि ब्रीज कोर्स संचालनमा रोक लगाउने सरकारको निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाएको छ ।


विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको हो । शिक्षामन्त्री सस्मित पोखरेलले यो निर्णय गरेका हुन् ।

‘यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिन्छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आगामी १ वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

Share
Scroll to Top