ट्रम्पको घोषणापछि लेबनानमा शान्तिको सास १० दिने युद्धविराम लागू इरानद्वारा स्वागत, तर अमेरिकासँगको ‘मतभेद’ कायमै

तेहरान : इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ताले लेबनानमा भएको युद्धविरामको स्वागत गर्दै यसलाई सकारात्मक कदम बताएका छन्। राज्य नियन्त्रित सञ्चारमाध्यम तास्निमका अनुसार, प्रवक्ताले इरान र अमेरिकाबीच भएको सम्झौतामा लेबनान पनि समावेश रहेको कुरालाई पुनः दोहोर्‍याएका छन्।

इरानी प्रवक्ताले इस्लामावाद वार्ता पछि इरानले लेबनानसहित सम्पूर्ण क्षेत्रमा एकैसाथ युद्धविराम हुनुपर्ने कुरामा जोड दिँदै आएको बताए। उनले लेबनान पनि उक्त युद्धविराम सम्झौताको अभिन्न हिस्सा भएको दाबी गरे।यता संयुक्त राज्य अमेरिकाले भने लेबनान उक्त सम्झौताको हिस्सा नभएको स्पष्ट पारेको छ। अमेरिकी उप-राष्ट्रपति जेडी भेन्सले यस विषयमा ‘भ्रम’उत्पन्न भएको टिप्पणी गरेका छन्।

इरानी संसदका सभामुख मोहम्मद बागेर गालीबाफले लेबनानको यो युद्धविराम हिजबुल्लाहको ‘असाधारण दृढता’ र संघर्षको परिणाम भएको बताएका छन्।सभामुख गालीबाफले युद्धविरामको स्वागत गरे तापनि तेहरानले यस विषयलाई ‘सतर्कताका साथ’अगाडि बढाउने चेतावनी दिएका छन्।

इरानले लेबनानको युद्धविरामलाई आफ्नो र अमेरिकाबीचको बृहत्त र क्षेत्रीय सम्झौताको रूपमा हेरेको छ, जबकि अमेरिकाले यसलाई छुट्टै विषय मान्दै आएको छ।

Share
Scroll to Top