नेपालको ख्यातिप्राप्त लोकदोहोरी गायक खुमन अधिकारीले पोर्चुगलको लिस्वन तताउने भएका छन्।
ठकुरी समाज पोर्चुगलको आयोजनामा गायक अधिकारीले पोर्चुगलबासी नेपालीहरूलाई नचाउने भएका हुन्।
नयाँ बर्षको शुभकामना आदानप्रदान सहित अन्य चर्चित स्थानीय कलाकारको साथमा विशेष सांगीतीक सांझ हुने समाजका अध्यक्ष सज्जन हमाल ठकुरीले जानकारी दिए।
सो कार्यक्रम अप्रील २२ तारिख बुधबार लिस्वनको चर्चित रेस्टुरेन्ट लव लिस्वन रेस्टुरेन्टमा हुने जनाइएको छ।
सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार डिला बिक,गीता रेउले,कला पगेनी लगायतका कलाकारहरुले उपस्थित नेपाली हरुलाई छमछमी नचाउने छन्।
