एजेन्सी । युक्रेनको पूर्वी डिनिप्रो सहरमा भएको पछिल्लो रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
उद्धारकर्मीहरूले रुसी आक्रमणबाट ध्वस्त भएको डिनिप्रो स्थित एउटा भवनको भग्नावशेषबाट दुई जनाको शव बरामद गरेको ड्रिन्प्रोपेट्रोभस्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले बताएका छन् ।
पाँच जना अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने आशंका गरिएको उनले बताए । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा भएको पछिल्लो रुसी आक्रमणमा चार जनाको मृत्यु भएको र करिब ३० जना घाइते भएको बताएका छन् ।
आक्रlमणको सामना गर्न साझेदारहरूलाई तत्काल र सहकार्य आवश्यक रहेको बताउँदै हवाई रक्षा बलियो बनाउन तथा रुस विरुद्ध युरोपेली प्रतिबन्धको २१औँ प्याकेजतर्फ पनि अघि बढ्नु पर्ने बताएका छन् ।युक्रेनको सिमानामा रहेको रुस कुस्र्क क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा परी एक जना घाइते भएको गभर्नर अलेक्जान्डर खिन्स्टेनले शनिबार बताएका छन् ।
