बनेपाबाट रोशी–८ खार्पाचोक जाँदै गरेको बस बीपी राजमार्गको बुच्चाकोटमा दुर्घटनामा परेको छ।
नमोबुद्ध–२ सेल्फीडाँडा हुँदे रोशी जान लागेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो।
हालसम्म सात जनाको शव निकालिएको स्थानीय प्रहरीले जानकारी दिएको छ । घटनाबारे विस्तृत विवरण आइसकेको छैन।
