अदालतले सबैलाई PR दिनु भनेको छ भन्दै भन्ने झू’टो हल्लापछि हजारौं मोरक्कनहरूको स्पेन सीमाको पर्खाल भत्काउँदै,तारबार तोडेर स्पेन प्रवेश गरेका छन्।
स्पेनको सर्वोच्च अदालतको हालैको एउटा निर्णयलाई गलत रूपमा व्याख्या गर्दै सामाजिक सञ्जाल र मानव तस्करका सञ्जालहरूले फैलाएको भ्रमका कारण मोरक्कोबाट स्पेनको स्वायत्त सहर सिउटा (Ceuta) तर्फ हजारौँ मानिस ओइरिएका छन्।
अदालतले जुलाईको सुरुमा दिएको निर्णयमा समुद्री मार्ग हुँदै सिउटा वा मेलिल्ला पुग्ने आप्रवासीलाई कुनै कानुनी प्रक्रिया नै पूरा नगरी तत्काल फिर्ता पठाउन (हट रिटर्न) नपाइने उल्लेख गरेको थियो। त्यस्ता व्यक्तिलाई कानुनअनुसार व्यक्तिगत प्रक्रिया पूरा गर्नुपर्ने अदालतको आदेश थियो। तर अदालतले उनीहरूलाई स्वतः स्थायी बसोबास (PR) वा आश्रय दिनुपर्ने भनेको थिएन।
यही निर्णयलाई तो’डमोड गर्दै सामाजिक सञ्जाल र मानव त’स्करहरुले “समुद्री बाटो हुँदै स्पेन पुगेपछि बसोबासको अधिकार पाइन्छ” भन्ने भ्रामक प्रचार गरेपछि ठूलो संख्यामा मोरक्कन नागरिकहरूले सिउटातर्फ जाने प्रयास गरेका हुन्। स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले पनि मानव त’स्करहरुले अदालतको निर्णयलाई गलत रूपमा प्रचार गरी मानिसहरूलाई उक्साएको आरोप लगाएका छन्।
सबैभन्दा बढी चाप मोरक्को–सिउटा सीमामा परेको छ। मुख्य सीमा नाका बन्द भएपछि धेरैले समुद्री किनार हुँदै पौडी खेलेर स्पेनी भूभाग प्रवेश गर्ने प्रयास गरेका थिए। घटनापछि स्पेनले सेना र अतिरिक्त सुरक्षा बल परिचालन गरेको छ भने मोरक्कोसँग मिलेर अवस्था नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।
समुद्र तरेर आएका हजारौँ मोरक्कनहरूले सीमाको तारबार र पर्खाल भत्काउँदै स्पेन प्रवेश गरेको दृश्य देखाउने भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।
सिउटा र मेलिल्ला उत्तर अफ्रिकामा रहेका स्पेनका स्वायत्त सहर हुन्, जहाँ युरोपेली संघको अफ्रिकी भूभागसँगको स्थलीय सीमा रहेको छ। यी दुई क्षेत्र लामो समयदेखि अवैध आप्रवासनका संवेदनशील प्रवेशद्वार मानिन्छन्।
