
ऋषि आजाद- बुटवल । नेपालमा शिक्षामा लगानी गर्न सबै नागरिकहरु तयार छन् । सम्पन्न नागरिकहरुकाे लागि त शिक्षामा लगानी गर्न सहज हाेला तर सम्पन्न बन्ने सपना देखेर सङ्घर्ष गरिरहेका जाेडीहरुकाे लागि श्राेत जुटाउन हम्मेहम्मे पर्छ ।
बुटवल नहरपुर निबासी रत्नलाल सुवेदी र बबिता खनाल सुवेदी (मालारानी १ हाल बुटवल-१४ नहरपुर) त्यस्ता असल जाेडी हुन्, जसले छाेराछाेरीलाई पढाउन अहिले पनि ई-रेक्सा व्यवसाय गरिरहेका छन् ।
यी जाेडीले आफ्नाे जेठाे छाेरा अर्जुन सुवेदीलाई एम्बिबिएस पढाउन, सानाे छाेरा झविन्द्र सुवेदीलाई टेक्निकल विषय पढाउनकाे लागि काेरिया पठाउन र छाेरी लक्ष्मी सुवेदीलाई बिबियस पढाउन कराेड ज्यादा लगानी जुटाएका थिए । त्यसकाे लागि उनीहरुले नहरपुरकाे घरघडेरी नै बेच्नु प-याे । घरघडेरी बेचेर छाेराछाेरी पढाउनु कति ठूलाे भावना हाे, यसबाट सिक्नुपर्छ ।
रत्नलाल भन्छन्- “अहिले व्यवसायमा भन्दा छाेराछाेरी पढाउन लगानी गर्नु धेरै राम्राे ठानें । त्यसले उनीहरुमाे भविश्य सफल हुन्छ । उनीहरुकाे आम्दानी गर्ने र समाजमा घुलमिल हुने क्षमता बढ्छ । बुढेसकालमा हामी पनि सुरक्षित हुन्छाै र हामीलाई सन्ताेष मिल्छ । ”
वास्तवमा त्याे घरकाे समृद्धिमा रत्नलाल सुवेदीकाे कठाेर सङ्घर्ष र बबिता खनाल सुवेदीकाे सुझबुझपूर्ण व्यवहार महत्वपूर्ण छ । बबिता खनाल सुवेदी सफल गृहिणी हुन् ।
फाराेतिनाे गरेर घर चलाउने, घरमा छाेराछाेरीलाई पढ्न अनुकूल बातावरण बनाउने, समाजसँग घुलमिल हुने काममा बबिताकाे ठूलाे हात छ ।
बबिता र रत्न मुनामदन जस्ता असल जाेडी मानिन्छन् ।
उनीहरुमा मीठाे बाेली बाेल्ने, कहिल्यै नरिसाउने बानी र आतिथिलाई देवता सरह मान्ने असल सँस्कार छ । यही सँस्कारले उनीहरुलाई माथि उठाएकाे हाे । त्याे घरमा लक्ष्मीकाे बास भएकाे कारण बबिताकाे लछिन हाे । अहिले उनीहरु नहरपुर पत्रकार रामप्रसाद आचार्यकाे घरमा फ्ल्याट भाडामा लिएर बस्छन् ।
जेठाेछाेरा अर्जुन सुवेदी एमबिबिएस पूरा गरिसकेका छन् । मिहिनेत लगन र अनुशासनले अर्जुन सुवेदी अहिले डा. अर्जुन सुवेदीकाे रुपमा पहिचान बनाउन सफल भएका छन् । अहिले डा. अर्जुन रूपन्देही जिल्लाकाे फर्साटिकर स्वास्थ्य केन्द्रमा कार्यरत छन् । डा. अर्जुनले भाइ झविन्द्र सुवेदीलाई पनि प्रविधिमा विज्ञ बनाएर नेपालमै ल्याउने र आफू नेपालमै बस्ने अठाेट गरेका छन् ।
उनीहरुकाे देशभक्तिभावनालाई सलाम गर्नैपर्छ ।अन्त्यमा मानिस ठूलाे बन्न काेशिस गर्छन्, तर याे परिवार ठूलाे बन्न हैन असल बन्न काेशिस गरिरहेकाे छ । याे सफल जाेडी र असल परिवारकाे उत्तराेत्तर प्रगतिकाे कामना ।