नेपालको चर्चित रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रोशेस पाण्डेलाई

नेपालको चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रोशेस पाण्डेले जितेका छन्।

एकदमै कडा प्रतिस्पर्धाकाबीच शुक्रबार राति भएको अन्तिम फिनालेमा उनले उपाधि ट्रफी उचालेका हुन्। 

शोमा ४ फाइनलिस्टबाट ३ जनालाई पछि पार्दै प्रोशेसले उपाधि हासिल गरे। फरक क्षमता भएका उनी कोच खेम सेञ्चुरी टिममा थिए। उपाधिसँगै प्रोशेसले २० लाख रूपैयाँ र विभिन्न उपहार समेत प्राप्त गरेका छन्।

प्रोशेससँगै फिनालेमा पुगेका रोशन राई फस्र्ट रनरअप, प्रमेश राई सेकेण्ड रनरअप भए भने अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन्। पहिलो चरणमै कोचको रुपमा भ्वाइस अफ नेपाल छिरेका खेम सेन्चुरीको टीम बिजयी हुँदा नेपाली लोक गीत ,संगीत पारखी ह्वात्तै बढ्ने निश्चित जस्तै देखिएको छ।

Share
Scroll to Top