किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा एक दिने केलाङ नाच प्रशिक्षण हुने

किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा एक दिने केलाङ (च्याब्रुङ)नाच प्रशिक्षण हुने भएको छ।

आगामी २६ मे सोमबार सो प्रशिक्षण कार्यक्रम हुन लागेको हो।पोर्चुगलको चर्चित रेस्टुरेन्ट Maki Magic Sushi Restaurant And Bar मा बिहान ११ बजेदेखि सुरु हुने सस्थाका अध्यक्ष रुकमान केरुङ लिम्बूले जानकारी दिए।

खासगरी किरात समुदायको कला ,संस्कृति,परम्परालाई प्रवासमा चिनाउन,प्रवर्द्धन गर्न र थप उजागर गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको सस्थाले जनाएको छ।

कम्तीमा पनि नयाँ पुस्तालाई आफ्नो,कला ,धर्म र संस्कृतिप्रतिको जिम्मेवारी बोध होश भन्ने हाम्रो चाहना हो:अध्यक्ष केरुङले भने।गोपाल पाङ्गोहाङले नाचमा सहभागी जनाउनलेलाई केलाङ नाच सम्बन्धि विशेष प्रशिक्षण दिने छन्।

पोर्चुगलमा रहनु हुने सम्पूर्ण किरात समुदायका बच्चाहरुलाई उपस्थिति गराई सो नाचको ज्ञान लिन सस्थाले विशेष अनुरोध समेत गरेको छ।

सहभागिता जनाउन इच्छुकहरुले यो ठेगाना R. Garcia da Orta 545, 2975-275 Q.ta do Conde sesimbra मा सिधै सम्पर्क गर्न सकिने छ।

Share
Scroll to Top