किरात राई सोसाईटी पोर्चुगलले भोली साकेला चाड बेलाभिस्ता पार्कमा मनाऊदै

सुबास चाम्लिंग , लिस्बोन पोर्चुगल ।

किरात राई सोसाइटी अफ पोर्चुगलले उभौली साकेला चाड विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।

मे १९ तारिख सोमबार सस्थाले सो कार्यक्रम गर्न लागेको हो । पहिचान ,कला परम्परा ,संस्कृतिलाई प्रवासमा चिनाउने र नेपालीत्व झल्काउने उद्देश्यले कार्यक्रम गर्न लागिएको सस्थाका अध्यक्ष दिपेश राईले जानकारी दिए।

सोसाईटीका कोषाध्यक्ष अरून राईका अनुसार कार्यक्रम पोर्चुगल चर्चित पार्क बेलाबिस्ता पार्कमा दिउसो ३ बजेदिखि सुरु हुने छ भने किरात राई कलात्मक नाच,किराती पोशाकमा सुसज्जित किरात समुदायको विशेष सस्कृतिको दिनभर देखाइने छ।

दिपेश राई र अरून राईका अनुसार “प्रकृतिपूजक किरातीहरूले ,
पिता- पूर्खाको आशिर्बाद लिन ,
पूर्खालाई सम्मान गर्न ,
प्रकृतिलाई पुजा गर्न र
पूर्खाको बिरासत जोगाई राख्न !
‘साकेला उभौली मनाऊने प्रचलन रहेको छ ।

हरेक बर्ष २ पटक बालीनाली रोप्ने र भित्राऊने समयमा र हिऊद र बर्खा याममा चरा चुरूंगी हिमाल – तराई गर्ने भएकाले सो समयमा साकेला मनाईन्छ।अहिले यलम्बर किरात सम्बत – येलेदुंग ५०८५ को रूपमा मनाईने आदिम प्रचलन अध्याबधी रहेको छ ।

Share
Scroll to Top