पोर्चुगलको सक्रिय सस्था किरात याक्थुङ चुम्लुङ पोर्चुगलले किरात समुदायको सुप्रसिद्ध मौलिक चाड सिसेक्पा तङनाम भब्यताकासाथ मनाउने भएको छ।
“हाम्रो सस्कार,हाम्रो संस्कृति ,हाम्रो पहिचान,नयाँ पुस्तामा हस्तान्तरण हाम्रो अभियान भन्ने मुल नाराकासाथ सो पर्व मनाउन लागेको हो।
खासगरी प्रवासमा रहेर किरात समुदायको कला, परम्परा ,संस्कृति र भेषभुसालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन पनि सस्थाले कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष रुकमान केरुङ लिम्बूले कुराकानीका क्रममा बताए।
किरातीहरु प्रकृतिलाई पुजा गर्ने ,संरक्षण गर्ने विशेष जाति भएका कारण पनि कार्यक्रम पोर्चुगलको चर्चित ठाउँ सान्ता एपोलिनिया( Santa Apolonia) Rua de manutencae 82 मा
जुलाई २८ तारिख सोमाबार गर्न लागिएको हो।
सस्थाले पर्व भब्य,सभ्यरुपमा मनाउन विशेष तयारी गरिरहेको एक सूचनामार्फत जानकारी दिएको छ।यस पटकको चाडमा कोही पनि नछुटुन ,सबै एकत्रित हुन्न भन्ने उद्देश्यले युरोपमा क्रीयासिल सम्पूर्ण चुम्लुङहरुलाई उपस्थितिको लागि सस्थाले विशेष अनुरोध समेत गरेको छ।
यसरी सुरु भएको थियो सिसेक्पा तङनाम
परापूर्वकालदेखि खेतीपाती गरेर आफ्नो जीवन गुजरा गर्ने याक्थुङहरु, आफूले लगाएको अन्नबाली भित्राउनअघि जीवन–जगतको सृष्टि र तिनको संरक्षरण गर्ने तागेरानिङ्वाफुमा र पुर्खाहरुको पूजाआजा गरी पाकेको नयाँ अन्न चढाई उनीहरुबाट अनुमति लिएर मात्र नयाँ अन्न खाने चासोक तङनाम प्रमुख चाड हो।
माघे संक्रान्तिलाई नयाँ वर्ष ‘कक्फेवा तङनाम, बालीनाली लाउन अघि बैशाख पूर्णेमामा ‘यक्वा तङनाम’, साउने संक्रान्तिमा ‘सिसेक्पा तङनाम’र बलिहाङ राजाको सम्झनामा मनाइले चाड तिहारमा ‘बलिहाङ तङनाम’ प्रमुख चाडहरु हुन ।
सिसेक्पा तङनाममा गाऊघर तिर भरखरै फलेर पाक्न लागेका अन्न र फलफूल, मकै, खुर्सानी, काक्रो, फर्सी, बरपीपलको पातहरु बाबियो÷खरको डोरीमा लहरै तुनेर मूल ढोकामाथि वरिपरि झुन्डयाइन्छ । बेलुका मासु, तोङवा आदि मिठोमिठो खानेकुरा खाईसकेपछि दियालो बालेर घरका कुनाकाप्चामा नाङ्लो ठटाउँदै बाहिर निस्केर अगुल्ठो र नाङ्लो घर बाहिर फ्याकिन्छ।
‘साक्च्योङ’अर्थात अनिकालका राजा घरमा पसेपछि पूरै गाउँ अनिकालले सताएर हैरान पारेपछि त्यसको विरुद्ध पुर्खाहरुले अनिकाल खेद्न अप्नाएको यो जुक्ति नै अन्ततः ‘सिसेक्पा तङ्नाम’ अर्थात साउने संग्रान्ती चाडको रुपमा विकसित भएको याक्थुङ मिथकहरुमा उल्लेख भएको पाईछ । कसैले असारे हिलोमैलोमा छालामा लाग्ने लुतो रोग फ्याक्ने चाडकारुपमा पनि लिन्छन्।
सांस्कृतिक महत्व यस्तो छ:
कृषकका लागि चैत, वैशाख, जेठ र असार चार महिना अत्यन्तै कठिन दिनहरु हुन । यसैबेला भकारीका अन्नहरु रित्ति सकेका हुन्छन् । वर्ष भरिका लागि खाने अन्न कमाउने यसै समयमा पर्छ।
हावाहुण्डरी, बाढीपहिरो प्राकृतिक प्रकोप र अनेकौं हिंस्रक जंगली जनवारको सामनापनि यिनै बेलामा गर्नुपर्दछ। असारको अन्तसंगै अन्नबाली पाक्न थाल्छन्। प्राकृतिक प्रकोप र रोगव्याध घट्न थाल्छन्।
दुःखका अनेकौं खुड्किलाहरु उक्लेर यो वर्ष बाचियो भन्दै खुशियाली मनाउने संस्कार आखिर याक्थुङहरुको सांस्कृतिक पर्व सिसेक्पा तङ्नाम भयो भन्न सकिन्छ। यही समयदेखि दिन छोटो हुंदै जाने र अन्नपनि पाक्न थालेकाले कृषकहरुको लागि पुरानो आर्थिक वर्ष समाप्ती र नयाँ आर्थिक वर्ष शुभाराम्भको कृषि पर्व पनि हो।
