३१ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित सांस्कृतिक कार्यक्रम हुने

३१ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित सांस्कृतिक कार्यक्रम हुने भएको छ।

नेपाल आदिवासी जनजाती महासंघ पोर्चुगलको आयोजनामा सो कार्यक्रम हुन लागेको हो।

आदिवासी रितिरिवाज,परम्परा , संस्कृतिलाई प्रवासमा प्रचार गर्ने,नेपालीत्व झल्काउने ,चलिआएको चलनलाई यथोचित संक्षरण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको सस्थाका महासचिव प्रेम लिम्बूले बताए।

कार्यक्रम ९ अगस्ट आइतबार लिस्वनको जिनासियो हलमा दिउसो ३ बजेदेखि सुरु हुने जानकारी दिइएको छ।लिस्वनमा क्रीयासिल संघ- सस्था,बुद्धिजीवी ,व्यवसायी,पत्रकार एवं सम्पूर्ण नेपालीहरूलाई उपस्थितिको लागि महासंघले विशेष अनुरोध समेत गरेको छ।

Share
Scroll to Top