अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शिखर वार्ता सम्पन्न भएको छ। करिब अढाई घण्टा लामो वार्तापछि संयुक्त पत्रकार सम्मेलन सम्पन्न भयो। यो बैठकमा दुवै नेताले युक्रेनको सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता जनाए।
पुटिनले ट्रम्पलाई “प्रिय छिमेकी” भन्दै खुशी व्यक्त गरे। उनले भने, “यो सम्झौताले हामीलाई युक्रेनमा शान्ति ल्याउने लक्ष्य नजिक पुर्याउनेछ।” पुटिनका अनुसार, यो चार वर्षमा भएको पहिलो अमेरिका रूस शिखर सम्मेलन हो, र द्विपक्षीय सम्बन्ध शीतयुद्धपछि सबैभन्दा कमजोर अवस्थामा पुगेको छ।
वार्तालाई उनले “सम्मानजनक, रचनात्मक र उपयोगी” भने। अलास्कामा भेट्नु तर्कसंगत भएको बताउँदै, “समुद्रले छुट्याए पनि हामी नजिकका छिमेकी हौं,” भने।
ट्रम्पले पुटिनसँग आफ्नो “उत्कृष्ट सम्बन्ध” दोहोर्याए तर पहिलो कार्यकालमा २०१६ चुनावमा रूसी हस्तक्षेपबारेको ‘झूटो हल्ला’ले वार्तामा कठिनाइ ल्याएको बताए। उनले चेतावनी दिँदै युद्धबिराम सम्झौता भएको जानकारी दिएनन् ।
पुटिनले पनि ट्रम्पको दाबी समर्थन गर्दै भने, “यदि उनी ह्वाइट हाउसमा रहनु भएको भए, युक्रेन युद्ध सुरु नै हुँदैनथ्यो।” ट्रम्पका अनुसार, वार्तामा धेरै बुँदामा सहमति भइसकेको छ र थोरै मात्र बाँकी छ। उनले युरोपेली र नेटोनेताहरूसँग तत्काल सम्पर्क गर्ने बताए।
