एन बी अन्जान ,पोर्चुगल:हिजो मिति २४ अगस्ट २०२५ आइतबार का दिन Nepalese community pardilho portugal को आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएकोछ । Nepalese community pardilho का अध्यक्ष धन बहादुर गुरुङ को अध्यक्षता मा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि , सिता थापा हुनु हुन्थो, विशिष्ट अतिथि र अतिथिहरूमा पर्तुगलका महिला समाज सेवी हरू थिए ।
विशिष्ट अतिथि सारा क्याटरिना टेक्सेरा अल्मेडा, अतिथिमा इनेस टाभरेस रोड्रिग्स र डायना सिल्भा रहेकी थिइँन।कार्यक्रम मा जुन्ता कार्यालय प्रमुख, अर्थात जुन्ताका अध्यक्ष, एन्टोनियो जोसे दा सिल्भा टावरेसले कार्यक्रमका लागि उक्त भवन नि:शुल्क उपलब्ध गराउनु का साथै आफै उपस्थित भई नेपाली दिदी बहिनीहरुलाई हरितालिका तीज को शुभकामना समेत दिए । जुन्ताका अध्यक्ष,एन्टोनियो जोसे दा सिल्भा टावरेसले शुभकामना कै क्रममा नेपाली समुदायको खुलेर प्रशंसा गरे र साथ सहयोग का लागि सदैव तत्पर रहेको कुरा पनि व्यक्त गरे।
शुभकामना मन्तव्य कै क्रममा विशिष्ट अतिथि र अतिथिहरूले पनि नेपाली समुदायको प्रशंसा गरेका थिए र नेपाली दिदी बहिनीहरु सँगै कार्यक्रमको अन्तिम सम्म नाचगान गरि खुशी साटासाट गरे।
कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा संस्थाका अध्यक्ष, धन बहादुर गुरुङले बोल्दै भने यो ठाउँमा यतिक्को उत्साह जनक उपस्थितले आफु निकै हर्षित महसुस गरेको र संस्था गठन पश्चात फल स्वरूप यो दिन आएकोहो यो ठाउँमा रहेका नेपाली दिदी बहिनी तथा दाजुभाइहरू चाडपर्व हरूमा एकै ठाउमा एकैसाथ रहि खुशी साटासाट गर्ने अवसर प्राप्त गरेका छौ र कहि कसैलाई कुनै दुख पिडा परेका बखत पनि एकैसाथ उभिन तत्पर रहेको भन्दै कार्यक्रम मा साथ सहयोगका लागि सबैमाझ आभार व्यक्त गर्दै
युवाहरूलाई आफ्नो समुदाय संग घुलमिल भई सामाजिक कार्यमा संलग्न हुन समेत आग्रह गरेका थिए।
