नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
कार्की नेपाल प्रहरीको ३३ औ महानिरीक्षक बनेका हुन् ।ज्येष्ठता र कार्यक्षमताका आधारमा कार्कीलाई नियुक्त गरिएको जनाईएको छ।
