विशेष महाधिवेशन हुन नदिने काङ्ग्रेस नेता सिटौलाको उद्घोष

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन नहुने र हुन पनि नदिने बताएका छन् ।

images
सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले विशेष महाधिवेशन नहुने ठोकुवा गरेका हुन् ।

‘विशेष महाधिवेशन हुँदैन । हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं,’ उनले भने, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं ।’

विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन पनि सिटौलाले आग्रह गरे ।

‘हस्ताक्षर गर्नेलाई काठमाडौ नआउन आग्रह गर्दछु। चुनावको तयारीमा लाग्न आग्रह गर्दछु’ उनले भने।

Share
Scroll to Top