टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा

भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।


नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । टोलीमा एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गरेर उदीयमान खेलाडी घोषित शेर मल्ल परेका छन् । यस्तै बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छन् । शेरले पहिलोपटक सिनियर टोलीमा मौका पाएका हुन् ।

कुशल मल्ल र मोहम्मद आदिल आलम भने विश्वकप खेल्ने टोलीमा परेनन् ।

नेपालको टोली:

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा।

Share
Scroll to Top