विवादकाबीच यही पुस २७, २८ र २९ गतेका लागि कांग्रेसको विशेष महाधिवेशन बोलाइएको छ।
महाधिवेशन पक्षधरले विशेष महाधिवेशन बोलाएको हो। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनपक्षधरले पार्टी विधानअनुसार महाधिवेशन बोलाइएको बताएको छ।
महाधिवेशन सूचना तथा प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले विशेष महाधिवेशन गर्नुपर्ने विधानको बाध्यताकाअनुसार महाधिवेशन बोलाइएको जानकारी दिए।
यद्यपि कांग्रेसको संस्थापनपक्षधरले भने विशेष महाधिवेशन वैधानिक नरहेको भनेको छ।
