कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी सैन्य कारबाहीको वास्तविक खतरा देखिन थालेको बताएका छन् ।
उनले बीबीसी न्यूजसँगको कुराकानीमा यस्तो बताएका हुन् । अमेरिकाले अन्य देशहरूलाई अमेरिकी साम्राज्यको हिस्साको रूपमा व्यवहार गरिरहेको उनले बताए । भेनेजुएलाविरुद्ध अमेरिकी सैन्य कारबाहीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियामाथि सैन्य कारबाही गर्ने धम्की दिएका थिए ।
विश्वमा हाबी भएर अमेरिकाले बाँकी विश्वबाटै एक्लिने जोखिम उठाइरहेको पेट्रोको भनाइ थियो । अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आईसीई) एजेन्टहरूले ‘नाजी ब्रिगेड’जस्तै काम गरेको आरोप पनि उनले लगाए ।
‘ट्रम्पले आईसीईको कारबाहीलाई उल्लेखनीय रूपमा विस्तार गरेका छन्, जसलाई उनको प्रशासनले अमेरिकामा अपराध र अवैध आप्रवासीहरूमाथिको कारबाही भनिरहेका छन्,’ पेट्रोले भने ।
