कांग्रेस महामन्त्री गगन थापाको गर्जन:पार्टी दास र लाशको पार्टी होइन

कांग्रेस महामन्त्री गगन थापाले ‘विशेष महाधिवेशन’ नामले मात्रै नभइ कामले पनि विशेष हुने बताएका छन्। थापाले भने, ‘यो नामले मात्रै होइन कामले पनि विशेष महाधिवेशन भएर टुंगिन्छ।’

उनले विशेष महाधिवशेन कहाँ गएर टुंगिन्छ भन्ने कुरा आफूलाई पनि थाहा नभएको बताए। विशेष माधिवेशनले गर्ने निर्णय नै आफूहरुका लागि स्वीकार गर्ने बताए।

थापाले भने, ‘यो महाधिवेशन कहाँ गएर टुंगिन्छ थाहा छैन। केन्द्रीय कमिटि आयोजनाले गरेको होइन, तलबाट माग भएको हो। नीति पनि नेता पनि बदल्ने भनेर विशेष महाधिवेशन माग गरिएको हो। म पनि बोलाएर मात्रै आएको हुँ। महाधिवेशनको हलले जे स्वीकार गर्छ त्यसलाई हामीले मान्नु पर्छ। जहाँ लगेर टुंग्याउनु हुन्छ। हामी मान्छौँ।’
उनले कांग्रेस लास र दासहरुको पार्टी नभएको टिप्पणी गरे। थापाले भने, ‘कांग्रेस दास र लाशको पार्टी होइन। यो जिउँदोहरुको पार्टी हो। यहाँ कोही बा छैन, नबोल भन्दा नबोल्ने। यहाँ प्रश्न छन्। जसले प्रश्न गर्न सक्दैन। त्यसलो जवाफ दिन सक्दैन।’

Share
Scroll to Top