नेपाली मगर समुदायले आफ्नो महान चाड माघे संकराती कार्यक्रम बेल्जियममा भव्य रूपमा सम्पन्न गरेको छ ।
मगर संघ बेल्जियमले “ डोन बोस्को -क्यासेल्लो” मा आयोजना गरेको महान चाडमा औपचारिक र सांस्कृतिक कार्यक्रम दुई चरणमा सम्पन्नभएको थियो । नेपाली आदिबासी मूलबासी मगर जातिको मौलिक संस्कृति झल्किने नृत्य, भेषभूषा, कन्दमूल र मौलिक परिकारहरू पस्किएर मगर संघ बेल्जियमकी अध्यक्ष कल्पना मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
माघ्या सकराटी कार्यक्रमका प्रमुख अतिथि बेनेलक्स र यूरोपियन युनियनका लागि नेपाली राजदुत सेवा लम्सालले नेपालको मगर समुदायले बेल्जियममा आफ्नो कला संस्कृती पस्किएर भब्य रुपमा माघे सकराती चाड आयोजना गरेकोमा बधाई र शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा बिशिष्ठ अतिथी नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङले सांस्कृतिक पहिचान र अधिकारका लागि राज्यले सबैलाइ समान ब्यबहार गर्नु पर्ने बताउदै परदेशमा पनि आफ्नो सस्कृतिलाई जिबन्त राख्न प्रयत्न गरिरहनु पर्ने बताऊनु भयो।
अर्का बिशिष्ठ अतिथी लुभेन नगरपालिकाका उपमेयर प्रा.बेर्त कोर्नेलीले यति बिशाल चाड आयोजना गरेर यति धेरै नेपालीहरु एकठाउमा भेला भै नेपाली चाड माघे सकराती मनाएकोमा बधाई दिदै यो युरोपियन युनियनको मुख्यालय पहिलो नजिकको र मुख्य शहरमा बिश्वभरका धेरै देशका नागरिकको बसोबास शहरको सौन्दर्यता भएको उल्लेख गर्नुभयो ।
बिशेष अतिथी आदिबासी मातृ सॅस्थाहरू लालिङ तामाङ अध्यक्ष तामाङ समाज बेल्जियम,
इन्दिरा चाम्लिङ अध्यक्ष किरात राई सोसाईटी बेल्जियम,
पेम्बा शेर्पा अध्यक्ष शेर्पा किदुग बेल्जियम ,
बदन योगहांग अध्यक्ष किरात याकऱ्ऱ्थुम चुम्लुंग , तमु समाज बेल्जियम उपाध्यक्ष चित्रजंग गुरुंग, अनिता घले लगायतको बिशेष उपस्थिती थियो।
मगर संघ बेल्जियमका उपाध्यक्ष हिमाल बुढाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन महासचिब कृष्णकुमारी मगर र संचार संयोजक चर्चित लेखक तथा स्तम्भकार ,पत्रकार दिल निशानी मगरले गर्नु भएको थियो। सांस्कृतिक कार्यक्रमको संयोजनर सन्चालन अमर राना , बलराम पुन र शुसिला रोकाले गर्नु भएको थियो।
कार्यक्रममा मगर अग्रजहरू मार्के मगर , लाल पाईजा , लोक राना ,राम मगरलाई राडीको मौलिक पोषाक ओढाएर फेटा गुथेर र सम्मानपत्र सहित बिशेष सम्मान गरिएको थियो। बिशाल सांस्कृतिक कार्यक्रम मगर समुदायका बालबच्चाहरूको आकर्षक नृत्य, मगर समुदायको मौलिक प्रस्तुति सहित कौडा,लगायत रोल्पाली झाकी प्रस्तुत गरिएको थियो। नेपालबाट आएका चर्चित गायक श्याम राना, गायिकाद्वय सपना श्रीस मगर, तृष्णा घर्तीको प्रस्तुतिमा दर्शकहरु झुमेर रमाएऊदै भरपुर मनोरन्जन लिएका थिए।
कार्यक्रममा पोर्चुगल मगर संघका सल्लाहकार यामेन्द्र घर्ति ,स्पेन क्रोयसिया, नेदरल्याण्ड, फ्रान्स लगायतका विभिन्न मुलुकबाट मगर संघका प्रतिनिधिको उपस्थित थियो।
