नेपालीको मन जवसम्म नेपाली माटो र पौरखप्रति झुकाव रहिरहन्छ तवसम्म प्रवासमा पसिना बगाउँदा पनि संस्कृति र देशभक्तिको भाव झल्काइरहन्छ।यस्तै झल्को र गौरवताको पटाक्षेप थियो सोनाम ल्होछार कार्यक्रम।
पोर्चुगलको इतिहासमै नेपाली कला क्षेत्रका मुर्धन्य सरस्टा,ख्यातिप्राप्त संगीतकार ,कालजयी गायक चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा जनवरी २५ तारीखका दिन सोनाम ल्होछार कार्यक्रम भब्य रुपमा मनाइएको थियो।
नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलको आयोजना सो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो।विशेष गरि सो सस्थाका संरक्षक एवं गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष सुजन लामाको अगुवाई र विशेष सक्रियतामा वरिष्ठ गायक दोङ पोर्चुगल आएका थिए भने कार्यक्रममा उनका कालजयी र सेलो गीतबाट दर्शकहरु मन्त्रमुग्ध भएका थिए।
कार्यक्रममा राई इज किङ्ग नामबाट चिरपरिचित गायक राजेश पायल राईको गीतमा उपस्थित दर्शकहरू एकछ्त्र झुमेका थिए।त्यसैगरी गायक नग्वाङ लामा,गायक तथा संगीतकार शेखर लामा र सुदिप योन्जनले सुरुवाती चरणमै उपस्थित नेपालीहरुलाई विभिन्न गीतमार्फत कम्मर मर्काई -मर्काई नचाएका थिए।
सस्थाका अध्यक्ष फुर्वा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष सुजन मोक्तान ,किरात राई सोसाइटीका अध्यक्ष दिपेश राई,श्रम संस्कृति पार्टी पोर्चुगलका अध्यक्ष विकास आले,नेपाल पत्रकार महासंघ युरोप शाखाका उप-महासचिव कलश खरेल,डाक्टर सोनीया तामाङ लगायत विभिन्न संघ सस्थाका प्रमुख र प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहेको थियो।
सयौंको संख्यामा उपस्थित नेपालीहरुले यस्तो कार्यक्रम पोर्चुगलको इतिहासमा पहिलोपटक भएको अन्तिम सम्म पनि कार्यक्रमको रोनकता सम्झन लायक रहेको बताएका थिए।
