Coventryको सानो प्रयासले नेपाली संस्कृतिलाई ऐतिहासिक उचाइमा पुर्याएको छ। रमाइलोका लागि सुरु गरिएको नौमती बाजा आज British Parliamentसम्म गुञ्जिँदा सम्पूर्ण नेपालीको छाती गर्वले भरिएको छ।
सन् २०२५ जनवरी १ मा Londonमा करिब ५० लाख दर्शकका माझ “नेपाल, नेपाल” र Mount Everestको नामसँगै बजेको नौमती बाजाले नेपाली पहिचानलाई विश्वसामु चिनायो।
जित राणाभाट जीको नेतृत्वमा सहभागी टोलीले तेस्रो स्थान हासिल गर्दै ५,००० पाउन्ड पुरस्कारसमेत जित्यो। यस ऐतिहासिक उपलब्धिको कदर गर्दै Coventry Nepali Culture Society लाई संसद भवनमै प्रशंसा पत्र प्रदान गरिएको छ।
सानो सपना, ठूलो एकता र निरन्तरताले सम्भव बनाएको यो यात्रा विदेशमा रहेका हरेक नेपालीका लागि प्रेरणाको कथा बनेको छ।
