तेजेन्द्र चालिसे,लिस्वन:पोर्चुगलको लिस्वनमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलको उपस्थितिमा महत्त्वपूर्ण धार्मिक अनुस्टान हुने भएको छ। गैरआवासीय नेपाली संघ (NRNA NCC Portugal) को आयोजनामा आगामी अप्रिल १२ (आइतबार) भव्य कलश यात्रा तथा प्रवचन कार्यक्रम सम्पन्न हुने भएको हो।
कार्यक्रम बिहान १० बजेदेखि लिस्बनको सान्तो अन्तोनियो डस काभालेरोसस्थित शिव मन्दिर (Rua José Afonso, Unidade 6-A) मा आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुन प्रवेश निःशुल्क राखिएको छ।
आयोजकका अनुसार कार्यक्रममा प्रतिष्ठित वाचन प्रवीण पण्डित दिन्बन्धु पोखरेल बाट दिव्य प्रवचन, भजन-कीर्तन तथा आध्यात्मिक ज्ञान सम्बन्धी विशेष प्रस्तुति गरिनेछ। यस कार्यक्रममार्फत धर्म, संस्का आध्यात्मिक चेतनालाई सुदृढ बनाउने तथा सहभागीहरूलाई सकारात्मक ऊर्जा, आत्मिक शान्ति र प्रेरणा प्रदान गर्ने लक्ष्य राखिएको छ।
NRNA NCC Portugal ले सम्पूर्ण नेपाली समुदायलाई परिवार तथा साथीभाइ सहित कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।
“आउनुहोस्, आध्यात्मिक ज्ञान र पूर्वीय दर्शनको अनुपम अनुभूति गरौं,” आयोजकको सन्देशमा भनिएको छ्।
